समाचार
Previous
Next

नेपाली कला र संस्कृतिको जगर्ने र उत्थान गर्ने उद्देश्यका साथ ललितपुर महानगरपालिका १० वडा कार्यालयले थालेको धिमे बाजा संग संगै अबको दिनबाट धिमे नाचको पनि विधिवत शुरुवात भएको दिन, धन्यवाद सम्पूर्ण सहभागी तथा गुरुज्यूहरुलाई |

ललितपुर महानगरपालिका १० नं वडा कार्यालयले वडा भित्रको फोहर स्थानीय स्तरमै ब्यबस्थापन गर्ने रणनीति अनुरुप प्रथम चरणमा सुपथ मुल्यमा कम्पोस्टबिन र विभन्न तरकारीका बिउहरु वितरण गर्ने कार्यका लागि इच्छुक वडाबासि बेलैमा सम्पर्कका लागि सादर अनुरोध |

वडा अध्यक्षको सन्देश

रबिन मान व्यन्जनकार

सम्पूर्ण वडाबासीहरुमा हार्दिक नमस्कार | 

सर्वप्रथम हाम्रा प्रतिबद्धताहरुलाई सदर गरि वडाको नेतृत्व गर्ने अवसर प्रदान गर्नु भएकोमा वडा समितिका तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट आभार प्रकट गर्दै वडा र वडाबासीको हितका लागि हरबखत समर्पित रहेको ब्योहरा निबेदन गर्न चाहन्छौ |  बिगतमा भएका सम्पूर्ण बिकास र सेवा सुबिधाहरुको अपनत्व लिदै अबको दिन “परिबर्तन जरुरी छ” भन्ने हाम्रो नारालाई आत्मसाथ गर्दै अझ वडावासीमुखी योजना र कार्यक्रमहरुमा केन्द्रित हुने छौ |  चुनाबी दौरान हामीले गरेका बाचाहरु र घोषणा पत्रलाई कार्यन्वयन गर्ने क्रममा थप जनमुखी र प्रभाबकारी बनाउन वडावासीका बीच गर्दै आएका संवादका सृंखलालाई अझ व्यापक बनाउदै समय परिस्थिति अनुरुप नयाँ योजनाहरुको पनि तयारी गर्दै लाने छौ |

सुशासन र पारदर्शीतापुर्बक सरल र सुबिधाको अनुभूति दिलाउदै वडाको समुन्नत बिकासमा भौतिक पूर्वाधारका साथ शिक्षा र स्वास्थ्यमा केन्द्रित रही  बातावरण तथा पर्यावरणीय सुधार, लक्षित बर्गका निमित्त कार्यक्रमलाई पनि साथ साथ लगिने छ |

नेतृत्व चयन गर्दा हामीलाई गर्नु भएको विश्वासको हरपल आभार सहित कर्तव्यबोध गर्दै वडाको प्रगतिमा तपाईको सकारात्मक साथ र सहयोगको अपेक्षा सहित सम्पूर्णलाई धन्यवाद ब्यक्त गर्दछौ |

हाम्रो काम

वार्ड वृत्तचित्र

मिडिया सेन्टर

सम्पर्कमा रहनुहोस्

सम्पर्क जानकारी

  • ठेगाना

    १० नं. वडा कार्यालय, कोपुण्डोल, ललितपुर

  • फोन नम्बर

    ०१५५३६४५०, ०१५९०२५१६

  • इमेल

    ward10@lmc.gov.np

स्थान

सन्देश छोड्नुहोस

हामीलाई आफ्नो गुनासो वा सुझाव पठाउनुहोस्




    नोट: निर्देशनालयसँग सम्बन्धित भए निर्देशनालय र आयोगसँग सम्बन्धित भए सचिवालय चयन गर्नुहोस्।