

ललितपुर महानगरपालिका वडा नम्बर १० कोपुण्डोल ललितपुर र काठमाडौं जिल्लालाई छुट्याउने वाग्मती नदीमा जोडिएको वडा हो। यो वडा पूर्वतर्फ वडा नम्बर ११, पश्चिमतर्फ वडा नम्बर १, उत्तरतर्फ काठमाडौं जिल्ला र दक्षिणतर्फ वडा नम्बर ३ सँग जोडिएको छ । २०६८ को राष्ट्रिय जनगणना अनुसार यस वडामा १ हजार ७२९ घरधुरी रहेका छन् जसमा कुल जनसंख्या ६५५४ रहेको छ जसमा ३ हजार ४६ महिला र ३५०८ पुरुष रहेका छन् । यस वडामा नेपालको सबैभन्दा ठूलो इन्जिनियरिङ अध्ययन संस्थान छ, यसबाहेक पाटन संयुक्त क्याम्पस पनि यही वडामा रहेको छ । नेपालमा प्रख्यात पिठाका रुपमा रहेको कान देवताको मन्दिर पनि यही वडामा अवस्थित छ, जुन नेपालको एक मात्र कान देवताको मन्दिर हो, जहाँ कानमा समस्या आएका मानिसहरूले पूजा गरे निको हुने विश्वास छ |