समाचार

नेपाली कला र संस्कृतिको जगर्ने र उत्थान गर्ने उद्देश्यका साथ ललितपुर महानगरपालिका १० वडा कार्यालयले थालेको धिमे बाजा संग संगै अबको दिनबाट धिमे नाचको पनि विधिवत शुरुवात भएको दिन, धन्यवाद सम्पूर्ण सहभागी तथा गुरुज्यूहरुलाई |

ललितपुर महानगरपालिका १० नं वडा कार्यालयले वडा भित्रको फोहर स्थानीय स्तरमै ब्यबस्थापन गर्ने रणनीति अनुरुप प्रथम चरणमा सुपथ मुल्यमा कम्पोस्टबिन र विभन्न तरकारीका बिउहरु वितरण गर्ने कार्यका लागि इच्छुक वडाबासि बेलैमा सम्पर्कका लागि सादर अनुरोध |

सूचना

१)  पंञ्जीकरण सम्वन्धी सम्पूर्ण घटनाहरु घटना घटेको ३५ दिन भित्र अनिवार्य रुपमा वडा कार्यालयमा घटना दर्ता गर्ने गरौं ।
२)  ५ वर्ष भन्दा माथिका सबै बालबालिकाहरुलाई अनिवार्य विद्यालय पठाउने गरौं
३)  नगर क्षेत्रभित्र ब्यापार ब्यवसाय संचालन गर्दा अनिवार्य वडामा दर्ता गरी अनुमति लिएर मात्र आफ्नो ब्यवसाय स्थापना र संचालन गर्ने गरौं ।
४)  आफ्नो घर, टोल, छिमेक तथा ऐतिहासिक सम्पदाहरुको सधै सरसफाई गर्ने गरौं ।
५)  आफ्ना घरपालुवा बस्तुभाउहरु सार्वजनिक स्थानमा छाडा नछाडौं ।
६)  वडा क्षेत्रभित्र आवास निर्माण गर्दा नक्सा पास गरेर नक्सा बमोजिम मात्र निर्माण गर्ने गरौं ।
७)  बालबालिका र जेष्ठ नागरिकहरुलाई विभिन्न रोगहरुको संक्रमणबाट बचाउन अनिवार्य खोप लगाउने गरौं 
८)  आकाशे पानी संकलन तथा भूमिगत पानी पूनर्भरण गर्ने गरौं ।
९)  सुखी नेपाली समृद्धि नेपालको लागि आफ्नो सीप प्रवद्र्धन गरौं ।
१०)  समयमै कर तिरी जिम्मेवारी नागरिकको परिचय दिउँ ।