समाचार सूची

onlinekhabar2026-05-22
के छ मुटु र तनावको सम्बन्ध ?
दिमाग स्वस्थ नभए मुटु स्वस्थ रहँदैन । दिमाग स्वस्थ नभए मुटु पनि स्वस्थ रहँदैन । अध्ययनहरुले यही भन्छ । अमेरिकन हार्ट एसोसिएसनको २०२३ को अध्ययन अनुसार डिप्रेसन, चिन्ता र निरन्तर तनावले मुटु रोगको जोखिम ३५ प्रतिशतसम्म बढाउँछ । यस्तै, ब्रिटिस हार्ट फाउन्डेसनको ठूलो अध्ययनले पनि काम वा घरको तनावले मुटु रोग र स्ट्रोकको जोखिम थोरै भए पनि बढाउँछ भन्ने देखाएको छ । अध्ययनहरूले देखाए अनुसार क्रोधको छोटो झट्काले पनि रक्तनलीको फैलने क्षमता ४० मिनेटसम्म घटाउँछ, जसले मुटुमा अक्सिजन पुग्न कम गर्छ । रिस र घृणाले सिम्प्याथेटिक सक्रियताबाट रक्तनली सुन्नाउँछ । यसले मुटुको मांसपेशीलाई कमजोर बनाउँछ र हार्ट फेलियर वा अनियमित धड्कनको समस्या गराउँछ ।
— डा. अशोक पौडेल (मुटुसोग विशेषज्ञ)
