
हरितालिका तीजको हार्दिक मंगलमय शुभकामना |
हरितालिका तीजको पावन अवसरमा सम्पूर्ण आमा, दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ।
वडा कार्यालयबाट जारी भएका नवीनतम सूचना तथा परिपत्रहरू।

हरितालिका तीजको पावन अवसरमा सम्पूर्ण आमा, दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ।

कुशे औंसी तथा बुबाको मुख हेर्ने दिनको हार्दिक शुभकामना |

ललितपुर महानगरपालिका १० नं वडा महिला सञ्जालद्वारा विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित रसुवा, नुवाकोट, सिन्धुपाल्चोक लगायतका प्रभावित क्षेत्रहरूका परिवारहरूको सहयोगार्थ संचालित राहत संकलन कार्यक्रम-२०८३ मिति: २०८३ भाद्र २४ र २५ गते समय: बिहान: ७:०० – ९:०० सांझा ४:०० - ७:००

भोली २०८३ भदौ २३ गरे मंगलवार वडावासीहरुको सुविधाका लागि आधारभूत स्वास्थ्य केन्द्र केन्द्र बिहान ७:०० वजे देखि ९: ०० बजे सम्म खुल्ला रहने जानकारी गर्दछ |

यहि बिहिबारदेखि ललितपुर महानगरपालिका १० वडा कार्यालय अन्तर्गत आधारभूत स्वास्थ्य केन्द्रमा हप्ताको १ दिन ECHO सेवा पनि सुरु गरेको छ | समय बिहान ७:०० देखि ९:०० बजे सम्म

नि:शुल्क आँखा जाँच कार्यक्रम, यहि साउन ३० गते शनिबार, हनुमानस्थान गुरुद्वारा परिसर बिहान ८:३० बजे देखि |

वडा कार्यालयमा राजश्व संकलन कार्य यहि मिति २०८३ श्रावन ६ गते बुधबार बाट हुने जानकारी गराउन चाहन्छ |

सामाजिक सुरक्षा भत्ता कार्ड नबिकरण यहि श्रावन १ गते देखि भाद्र मसान्त सम्म वडा कार्यालयमा स्वयम उपस्थित भै गर्न गराउन हुन अनुरोध गर्दछ |

प्रस्तुत विषयमा यस ललितपुर महानगरपालिकाको वडा नं. १० बाट सामाजिक सुरक्षा भत्ता प्राप्त गरी रहनु भएका सम्पुर्ण लाभग्राहीहरुले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न आफनो लाभग्राही कार्ड प्रत्येक बर्ष नविकरण गरे भै यस आ.वं. २०८३/०८४ को लागी पनि नविकरण गर्नु पर्ने भएकोले यस वडाभरीका सामाजिक सुरक्षा भत्ता प्राप्त गरिरहनु भएका सम्पुर्ण जेष्ठ नागरिकहरु दलित, एकल महिला, बिधुवा र अपाङ्गता भएका लाभग्राही ब्यक्तिहरुले तपसिलमा उल्लेखित मिती, स्थान र समयमा उपस्थीत भई दिनु भई नविकरण गराउनु हुन अनुरोध गरिन्छ । तपसिल मिती २०८३/०४/०१ देखि भाद्र मसान्त भित्र । समय- बिहान १०:०० बजे देखी ३:०० बजे सम्म । स्थान- वडा कार्यलय भवन, ज्वागल कोपुण्डोल । नोट- भत्ता नविकरण गर्न आउँदा अनिबार्य रुपमा आफ्नो भक्ता कार्ड तथा सक्कल नागरिकता र राष्ट्रिय परिचय पत्र र सम्पर्क नम्बर सहित उपस्थीत हुनु होला ।

आर्थिक बर्ष २०८२/२०८३ को बक्यौता राजश्व दाखिला गर्ने अन्तिम मिति भोलि २०८३ असार ३२ गते दिउसोको १:०० बजे सम्म मात्र |

ललितपुर महानगरपालिका १० नं वडा कार्यालयले वडा भित्रका उद्दमी, ब्यबसायीहरुलाई प्रोत्साहन गर्ने उद्दश्यका साथ साप्ताहिक हाटबजार संचालन गर्न गई रहेकाले इच्छुक व्यक्तिहरुले वडा कार्यालयमा सम्पर्कका लागि हार्दिक अनुरोध | संचालनमा आउने मिति : २०८३ असार २७ गते शनिबार बिहान ८ बजे देखि

कौशी खेति तालिममा सहभागी हुनका लागि वडावासीहरुमा सूचना | अघिल्लो बर्षहरुमा सहभागी हुनु भएकाहारले कृपया नाम नटिपाउन अनुरोध | जम्मा ५० जना सम्मका लागि मात्र हुदा समय मै नाम टिपाउन अनुरोध

ललितपुर महानगरपालिका वडा नं. १० कार्यालयद्वारा वडाभित्रका १८ देखि ३५ वर्ष उमेर समूहका युवाहरूको सहभागितामा युवा क्लब गठन गर्न लागिएको जानकारी गराइन्छ। युवाहरूको नेतृत्व विकास, सामाजिक उत्तरदायित्व, खेलकुद, वातावरण संरक्षण, सांस्कृतिक गतिविधि तथा सामुदायिक विकासमा सक्रिय सहभागिता बढाउने उद्देश्यले युवा क्लब गठन गर्न लागिएको हो। वडा नं. १० भित्र बसोबास गर्ने इच्छुक युवा दाजुभाइ तथा दिदीबहिनीहरूलाई यस अभियानमा सहभागी भई आफ्नो क्षमता, सिर्जनशीलता र ऊर्जालाई समाज तथा वडाको विकासमा उपयोग गर्न हार्दिक अनुरोध गर्दछौं। https://forms.gle/Jgi2vFPcxbxsvH4B9

यहि जेठ २२ गते बिश्व बातावरण दिवसको उपलक्ष्यमा हुन गई रहेको सरसफाई र डेंगो सम्बन्धि जन चेतना कार्यक्रममा आफुलाई पायक पर्ने स्थानमा जम्मा हुनका लागि सम्पूर्ण वडाबासीहरुमा हार्दिक अनुरोध गर्दछ |

🌿 विश्व वातावरण दिवसको अवसरमा ललितपुर महानगरपालिका वडा नं. १० द्वारा आयोजित वडाव्यापी डेंगु जनचेतना तथा सरसफाइ कार्यक्रममा सम्पूर्ण वडाबासी, महिला समूह, टोल सुधार समिति, क्लब, विद्यालय तथा संघसंस्थाहरूलाई आफ्नो पायक पर्ने स्थानमा सहभागी भई कार्यक्रम सफल पारिदिन हार्दिक अनुरोध गर्दछौँ। 📅 मिति: २०८३ जेठ २२ गते, शुक्रबार 🕖 समय: बिहान ७:०० बजेबाट

ज्येष्ठ महिनाको झरीको बिहानीमा पनि स्वास्थ्यप्रति सजग र सचेत वडावासी। वर्षाको पर्वाह नगरी छाता ओढेरै भए पनि नियमित व्यायाम गर्दै स्वस्थ जीवनशैलीलाई निरन्तरता प्रदान गर्दै।" ☔💪🌿

नेपाली जनताको लामो संघर्ष, त्याग र बलिदानबाट स्थापित संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको गौरवपूर्ण अवसरमा सम्पूर्ण नगरवासी तथा आम नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछौँ। गणतन्त्रले नागरिकको अधिकार, समानता, समावेशिता र लोकतान्त्रिक मूल्यलाई संस्थागत गर्दै समृद्ध र सुशासनयुक्त नेपाल निर्माणको मार्ग प्रशस्त गरेको छ। यस ऐतिहासिक दिवसले हामी सबैमा राष्ट्रिय एकता, जिम्मेवारी र विकासप्रतिको प्रतिबद्धता अझ मजबुत बनाओस् भन्ने कामना गर्दछौँ। शहीदहरूको योगदानप्रति उच्च सम्मान व्यक्त गर्दै समुन्नत र समृद्ध समाज निर्माणमा सबैको साथ, सहयोग र सहभागिताको अपेक्षा गर्दछौँ। — वडा कार्यालय परिवार

पवित्र ईदको अवसरमा सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु। त्याग, संयम, मानवता र आपसी भाइचाराको सन्देश बोकेको ईद पर्वले सम्पूर्ण समाजमा शान्ति, सद्भाव, सहिष्णुता र एकताको भावना फैलाओस्। रमजानको आत्मशुद्धि र समर्पण तथा ईदको धार्मिक महत्वले हामी सबैलाई प्रेम, सहयोग र मानवताको मार्गमा अघि बढ्न प्रेरणा प्रदान गरोस्। सबैको जीवनमा सुख, शान्ति, स्वास्थ्य र समृद्धि छाओस्।

वडा कार्यालयको सहयोगमा राष्ट्रिय शारीरिक अपाङ्ग संघ द्वारा अपाङ्गता भएका व्यक्ति तथा उहाँहरूका अभिभावकहरूलाई लक्षित गरी एक दिने अभिमुखीकरण कार्यक्रम आयोजना गर्न लागिएको जानकारी गराइन्छ। उक्त कार्यक्रममा अपाङ्गता अधिकार, सरकारी सेवा–सुविधा, आत्मनिर्भरता, स्वास्थ्य, शिक्षा, रोजगारी तथा सामाजिक सहभागितासम्बन्धी जानकारी प्रदान गरिने भएकाले सम्बन्धित सबैलाई सक्रिय सहभागिताका लागि हार्दिक अनुरोध गरिन्छ।

ललितपुर महानगरपालिका आर्थिक विकास समितिको उद्योग तथा वाणिज्य र रोजगार शाखाले संचालन गर्न लागेको ढाका टोपी र चौबन्दी चोलो सिलाउने तालिममा इच्छुक महिला दिदीबहिनीहरुले सम्पर्कको लागि हार्दिक अनुरोध सम्पर्क लक्ष्मी शर्मा ९८४१४६४८६३ तुलसी परियार ९८१८७०३२६५

समयमै कर तिरौं, विकासमा हातेमालो गरौं

कोपुण्डोल क्षेत्रमा पानी नपरे पनि बागमती बढ्नु भनेको माथिल्लो क्षेत्रमा ठूलो वर्षा भएको संकेत हो। वडा कार्यालयको जलस्तर मापन यन्त्रले पनि यही भन्छ l

बार्षिक वडा भेला तथा SEE उतिर्ण बिधार्थीहरुको सम्मान कार्यक्रममा सम्पूर्ण वडावासीहरुलाई हार्दिक अनुरोध | मिति: २०८३ जेष्ठ ९ गते शनिबार समय: बिहान ८ बजे स्थान: कोपुण्डोल ब्यन्केट

कार्यक्रममा सहभागिताका लागि अनुरोध |

ललितपुर महानगरपालिका १० नं वडा कार्यालय अन्तर्गत स्वास्थ्य कार्यान्वयन समितिको आयोजनामा मुटुरोग सम्बन्धि नि:शुल्क बृहत स्वास्थ्य शिविरमा आयोजना हुन गईरहेको सूचना गरिन्छ |

छात्रवृत्ति सम्बन्धि सूचना

पाठेघरको मुखको क्यान्सर HPV-DNA बिधि द्वारा परिक्षण, स्तन क्यान्सर, आङ् खस्ने तथा फिस्तुला सम्बन्धि नि:शुल्क स्वास्थ्य शिविर (उमेर समूह ३० बर्ष देखि ६० बर्ष सम्म)

ललितपुर महानगरपालिका १० नं वडा कार्यालय अन्तर्गत आधारभूत स्वास्थ्य केन्द्र, कृष्ण मन्दिर परिसर,कोपुण्डोलमा वडावासीहरुको सुबिधालाई ध्यानमा राखी Health Package हरुको सुरुवात गरेको जानकारी गराउन चाहन्छौ |

ललितपुर महानगरपालिका १० नं वडा कार्यालय अन्तर्गत आधारभूत स्वास्थ्य केन्द्र, कृष्ण मन्दिर परिसर,कोपुण्डोलमा वडावासीहरुको सुबिधालाई ध्यानमा राखी Health Package हरुको सुरुवात गरेको जानकारी गराउन चाहन्छौ |