📞 ०१ - ५९०२५१६ · ✉ ward10@lmc.gov.np
समाचार सूची
चौँथो वडा भेला तथा नीति–कार्यक्रम संकलन सम्पन्न
वडा परिवार2026-05-25

चौँथो वडा भेला तथा नीति–कार्यक्रम संकलन सम्पन्न

ललितपुर महानगरपालिका वडा नं. १० मा चौँथो वडा भेला तथा नीति–कार्यक्रम संकलन सम्पन्न ललितपुर महानगरपालिका वडा नं. १० द्वारा आयोजित चौँथो वडा भेला, आ.व. २०८३/०८४ को समीक्षा, नीति तथा कार्यक्रम एवं योजना संकलन कार्यक्रम शनिबार, २०८३ जेठ १० गते सम्पन्न भएको छ। कार्यक्रममा वडावासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा उपस्थित करिब ८० जना वडावासी महानुभावहरूले आफ्नो क्षेत्रको विकास, सेवा प्रवाह तथा आगामी योजनासम्बन्धी सुझावहरू तथा कार्यक्रमहरु लिखित रूपमा वडा जनप्रतिनिधिहरुलाई हस्तान्तरण गर्नुभएको थियो। कार्यक्रममा सुसिला अमात्य, महेश बिष्ट, डा. दिनेश श्रेष्ठ, भुबन कडेल लगायतले आफ्नो धारणा तथा सुझाव व्यक्त गर्नुभएको थियो। उहाँहरूले वडा विकास, सुशासन, डिजिटल सेवा विस्तार तथा नागरिक सहभागितालाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो। सोही अवसरमा उत्कृष्ट नतिजासहित एसईई परीक्षा उत्तीर्ण गरेका विद्यार्थीहरूलाई सम्मान समेत गरिएको थियो। सम्मान कार्यक्रममा विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गर्दै शिक्षा क्षेत्रको प्रोत्साहनमा वडा कार्यालयको प्रतिबद्धता व्यक्त गरिएको थियो। वडा नं. १० ले स्थानीय आवश्यकता र जनभावनालाई समेटेर आगामी नीति तथा कार्यक्रम निर्माण गर्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरेको जनाएको छ।

वडा परिवार