समाचार सूची

onlinekhabar2026-05-26
चर्को घामबाट भित्र पस्नेबित्तिकै धेरै चिसो पानी पिउनु हुँदैन किन ? ५ कारण
अहिले गर्मी बढिरहेको छ । यसबाट बच्न र राहत पाउन हामी अनेक उपाय खोजिरहेका हुन्छौँ । अधिकांश व्यक्तिलाई गर्मीको बेलामा घरभित्र मात्रै बसेर निर्वाह हुने अवस्था छैन । काम सकेर वा कतैको यात्रा सक्काएर जब हामी घरमा प्रवेश गर्छौँ त्यो बेला प्राय हामीलाई तिर्खा लागिरहेको हुन सक्छ । भित्र छिरेर चिसो पानी पिएर तिर्खा मेट्ने र गर्मी कम गर्ने बानी धेरैको हुन्छ । फ्रिजमा हालेर धेरै चिसो बनाएको पानी पिउने प्रचलन पनि धेरै छ । तर के हामीलाई थाहा छ, यो बानीले हामीलाई भित्रबाट बिरामी बनाइरहेको हुन्छ भन्ने कुरा । चर्को गर्मीबाट फर्केपछि तुरुन्तै धेरै चिसो पानी पिउनाले हाम्रो स्वास्थ्यलाई गम्भीर रूपमा हानि पुर्याउन सक्छ, सम्भावित रूपमा पछि गम्भीर समस्याहरू निम्त्याउन सक्छ ।
— onlinekhabar
