📞 ०१ - ५९०२५१६ · ✉ ward10@lmc.gov.np
समाचार सूची
फोहोर संकलन सेवा सञ्चालन गर्ने |
free source2026-07-15

फोहोर संकलन सेवा सञ्चालन गर्ने |

ललितपुर, ललितपुर महानगरपालिका वडा नं. १० ले वडाबासीहरूको घरघरबाट निस्कने फोहोरको व्यवस्थित व्यवस्थापन गर्ने उद्देश्यका साथ आफ्नै EV TRUCK (फोहोर संकलन गाडी) को व्यवस्था गरेको छ। वडा कार्यालयका अनुसार उक्त सेवा निकट भविष्यमा नियमित रूपमा सञ्चालनमा ल्याइनेछ। वडा कार्यालयले फोहोर व्यवस्थापनलाई अझ प्रभावकारी, वातावरणमैत्री र दिगो बनाउन वडाबासीलाई स्रोतमै फोहोर छुट्याउन आग्रह गरिने छ । यस अन्तर्गत कुहिने (जैविक) फोहोर र नकुहिने (अजैविक) फोहोर छुट्टाछुट्टै राख्ने व्यवस्था लागू गरिनेछ। यसका साथै वडा कार्यालयले क्षेत्रगत रूपमा तालिका बनाई कुहिने र नकुहिने फोहोर अलग-अलग दिनमा संकलन गर्ने कार्यक्रमको तयारीसमेत गरिरहेको जनाएको छ। यस प्रणालीले फोहोरको पुनःप्रयोग (Recycling), कम्पोस्ट उत्पादन तथा वातावरण संरक्षणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास वडा कार्यालयको छ। वडा नं. १० ले सबै वडाबासीलाई स्रोतमै फोहोर छुट्याई यस अभियानलाई सफल बनाउन सहयोग गर्न अनुरोध गरेको छ। वडा कार्यालयका अनुसार यो अभियानले वडा क्षेत्रलाई थप सफा, स्वच्छ, हराभरा र व्यवस्थित बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। र आफ्नो क्षेत्रमा ट्रक आउने मिति र तालिकाको साथ साथै फोहोरको गाडी कुन ठाउँमा पुग्यो सो को जानकारीका (GPS Location Tracking) पनि वडा कार्यालयको Mobile Application LMC 10 मा हेर्न मिल्ने छ जसले गर्दा वडावासीहरुलाई सुबिधा र समयको वचत पनि हुने अनुमान गरिएको छ |

ward desk