📞 ०१ - ५९०२५१६ · ✉ ward10@lmc.gov.np
समाचार सूची
करदाताहरुमा  हार्दिक आभार  |
2026-07-21

करदाताहरुमा हार्दिक आभार |

ललितपुर महानगरपालिका वडा नं. १० ले पछिल्लो पाँच आर्थिक वर्षमा राजस्व संकलनमा उल्लेखनीय प्रगति हासिल गरेको छ। वर्तमान वडा समिति गठन भएपछि वडाको आन्तरिक आय तथा राजस्व संकलन निरन्तर बढ्दै गएको तथ्याङ्कले देखाएको छ। आर्थिक वर्ष २०७८/७९ मा रु. ५,५४,६२,१७६ राजस्व संकलन भएकोमा त्यस पछि हालको वडा कमिटि आएपछि राजश्व वृद्धि दरमा उल्लेखनीय वृद्धि भएको देखिन्छ | यस कमिटिको पहिलो आर्थिक वर्ष २०७९/८० मा रु. ५,८६,४१,१३७, दोस्रो आर्थिक वर्ष २०८०/८१ मा रु. ८,५०,०९,५५७, तेस्रो आर्थिक वर्ष २०८१/८२ मा रु. ९,२१,६९,५७८ तथा चौथो र चालु आर्थिक वर्ष २०८२/८३ मा रु. ११,२६,१२,०२३ राजस्व संकलन भएको छ। यस तथ्याङ्कले वडा नं. १० मा करदाताको सहभागिता, कर प्रणालीप्रतिको विश्वास तथा वडा कार्यालयको प्रभावकारी राजस्व व्यवस्थापनका कारण राजस्व संकलनमा निरन्तर वृद्धि भएको स्पष्ट देखाउँछ। वडाको विकास, सेवा प्रवाह तथा समृद्धिको आधार यही करदाता नागरिकहरूको योगदान भएकाले यस उपलब्धिमा साथ र सहयोग पुर्‍याउनुहुने सम्पूर्ण करदाता, व्यवसायी तथा वडा नं. १० का सम्पूर्ण वडावासीप्रति वडा समिति हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछ।

LMC Ward 10 Office